सिरहामा एक युवकमाथि खुकुरी प्रहार: तिन जना पक्राउ, खुकुरी प्रहार गर्ने मुख्य व्यक्ति फरार

२०८२ बैशाख १९, शुक्रबार १०:०७

सर्लाही – सिरहामा एक युवकमाथि खुकुरी प्रहार भएको छ । प्रहरीका अनुसार जिल्लाको लहान नगरपालिका ३ दंग्राहा टोलमा स्थानीय २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार भएको हो ।

मोटरसाइकलले छोएको निहुँमा विवाद भएको बुझिएको छ। मुकेशका दाजु मनिषले चलाएको मोटरसाइकलले देवकुमारलाई ठक्कर दिएपछि विवाद सुरु भएको थियो। त्यसपछि जिवछ महतोका परीवारनै गएर ति युवकलाई कुटपिटसहित ज्यान मार्ने तरिकाले खुकुरी प्रहार गरेका थिए।

प्रहरीले घटनामा संलग्न रहेका ६२ वर्षीय जिवछ महतो, उनकी ६० वर्षीया श्रीमती सीतादेवी महतो र २१ वर्षीय छोरा मनिष महतोलाई नियन्त्रणमा लिइएको छ, भने खुकुरी प्रहार गरेका मुख्य अभियुक्त जिवछका १९ वर्षीय छोरा मुकेश महतो फरार रहेका छन्। उनको खोजि भईरहेको छ।

खुकुरी प्रहारबाट घाईते देवकुमारको अहिले प्रादेशिक अस्पताल लहानमा उपचार भईरहेको छ। उनको अवस्था सामान्य रहेको छ। यस सम्बन्धमा अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार