कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ: परीक्षा बोर्ड

२०८२ बैशाख १९, शुक्रबार ११:०४
सांकेतिक तस्बिर

सर्लाही – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ सम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ ।

परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ देखि गर्ने समयतालिका निर्धारण गरेको थियो । नेपाल शिक्षक महासंघको आन्दोलनका कारण परीक्षाको मिति सारिएको थियो । बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित ढंगले परिक्षा सम्पन्न गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार