
दिल्ली – भारतको दिल्लीमा भिषण वर्षा भएको छ । आँधीबेहरी र वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार भारी वर्षापछि दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको हो।
वर्षाले दिल्ली विमानस्थललाई पनि असर गरेको छ । आँधीबेहरी र तिब्र हावाका कारण दिल्ली विमानस्थलमा तीन उडानहरू डाइभर्ट गरिएको छ र १०० भन्दा बढी उडानहरू ढिलाइ भएका छन् । दिल्ली विमानस्थलमा अवतरण गर्ने दुई उडानहरू जयपुर र एउटा अहमदाबाद डाइभर्ट गरिएको थियो ।
दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलले विमानस्थल पूर्ण रूपमा सञ्चालनमा रहेको भएपनि खराब मौसमका कारण केही उडान सञ्चालन प्रभावित भएकोबताएको छ । वर्षाका कारण दिल्ली एनसीआरका धेरै ठाउँमा पानी जमेको थियो, धेरै रूखहरू ढलेका थिए र मानिसहरूले ट्राफिक जामको सामना गर्नुपरेको छ ।