लाखौ रकम ठगेर फरार भएका रौतहटका एकसहित दुई जना युवक पक्राउ

२०८२ बैशाख २०, शनिबार ०७:३२

सर्लाही – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ६१ लाख रुपैयाँ ठगी गरी फरार रहेका दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट घर भई हाल सुन्धारा बस्ने १८ वर्षीय प्रिन्स कुमार र काभ्रेको बनेपा घर भई हाल भक्तपुर बस्ने २० वर्षीय विशाल घिमिरे रहेका छन्।

उनीहरुले विद्यार्थी भिसामा अमेरिका जान एक दिनका निम्ति बैंक ब्यालेन्स देखाउन भन्दै रकम माग गरी फरार भएको भनी परेको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिहीबार काठमाडौंको सुन्धाराबाट पक्राउ गरिएका उनीहरुलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार