
काठमाडौं – भारतको गुजरातको नदीमा डुबेर १४ देखि १६ वर्ष उमेर समूहका ६ बालबालिकाको मृत्यु भएको छ ।
एकै परिवारका ६ बालबालिका स्थानीय नदीमा पौडी खेल्न गएका थिए। पानीको बहाव बढी भएकाले उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
बालबालिकामध्ये चारजना राज्यको राजधानी अहमदाबादबाट खेडा जिल्लामा रहेको मामाको घरमा गर्मी बिदा मनाउन गएका बताईएको छ। मृतक सबै ६ जनाको शव फेला परिसकेको प्रहरीले बताएको छ ।