सिरहामा दुई थान भरुवा बन्दुक फेला

२०८२ बैशाख २०, शनिबार १७:३६

सर्लाही – सिरहामा दुई थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।

जिल्लाको गोलबजार नगरपालिका-१० डण्डामा दुई थान भरुवा बन्दुक फेला परेको हो । बन्दुक पड्किएको सूचनाका आधारमा गएको प्रहरी टोलीले डण्डास्थित आँपगाछी क्षेत्रबाट बन्दुक बरामद गरेको हो।

प्रहरी टोली आउन लागेको खबर पाएपछि बन्दुक पड्काउने मानिस भने फरार भएको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार