सर्लाहीमा पेस्तोलसहित एक युवक पक्राउ

२०८२ बैशाख २०, शनिबार १९:४७

सर्लाही – सर्लाहीमा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको पर्सा गाउँपालिका – २, का २३ बर्षिय दिपक साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज बेलुका सोहि ठाउँस्थित रबि होटेलमा हतियारसहित बसी रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल र एक थान गोलि बरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार