अमेरिकी डिभी लोटरी २०२६ को नतिजा सार्वजनिक, कसरी थाहा पाउने नतिजा ?

२०८२ बैशाख २१, आईतवार ०७:५२

सर्लाही – अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोले अनलाइनमार्फत नतिजा प्रकाशित गरेको हो ।

डिभी विजेताहरूले सन् २०२५ को अक्टोबर १ बाट भिसा प्रक्रिया शुरु गर्न सक्नेछन् भने सन् २०२६ को सेप्टेम्बर ३० भित्र भिसा प्राप्त गरिसक्नुपर्नेछ । गएको वर्ष अक्टोबर २ देखि नोभेम्बर ७ सम्म आवेदन दिएका आवेदकहरूले अनलाइनमार्फत आफ्नो नतिजा जाँच गर्न सक्नेछन् ।

कसरी थाहा पाउने नतिजा ?

डिभी परे/नपरेको थाहा पाउन आवेदकले आफ्नो कन्फर्मेशन नम्बरसँगै थर र जन्मेको वर्ष इन्ट्री गर्नुपर्नेछ । यी सूचनासहित अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा दिइएको यो लिंकमा क्लिक गरी नतिजा थाहा पाउन सकिनेछ ।

कन्फर्मेशन नम्बर, थर र जन्मेको वर्ष इन्ट्री गरेपछि छनौट भए/नभएको र भएमा अगाडि के गर्ने भन्ने प्रक्रिया थाहा हुनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार