रौतहटको चन्द्रपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु

२०८२ बैशाख २१, आईतवार १३:००
सांकेतिक तस्बिर

सर्लाही – रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको गरुडा नगरपालिका – ३, मलाहिटोलका ६० बर्षिय बलिराम सहनी र उनकी छोरी ४० बर्षिया उर्मिला देवी सहनी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम लोकमार्गमा आज बिहान सवा ६ बजे बा ६ च ३५२६ नम्बरको कारले ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो।

ठक्कर दिने कार र चालक हेटौँडा उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय कुमार पोख्रेललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार