
सर्लाही – दाङमा एक बोर्डिङ स्कुलका शिक्षकलाई विद्यार्थीले खुँडा प्रहार गरेका छन् । शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार भएको हो ।
प्रहरीका अनुसार स्कुल नजिकै सोही स्कुलका कक्षा १२ का विद्यार्थी सुरेश सुनारले खुँडा प्रहार गरेका हुन्। बायाँ कुम र दुवै हातको पाखुरामा खुँडा प्रहार भएको छ। घाइते शिक्षकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

खुँडा प्रहार गरेको आरोपमा शनिबार राति पौने ९ बजेतिर प्रहरीले सुनारलाई पक्राउ गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।