
सर्लाही – सिरहामा जबरजस्ती करणी मुद्दाका फरार एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बरियारपट्टी गाउँपालिका – १ का १९ वर्षिय बिवेक शाह रहेका छन्।
प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा प्रहरी चौकी कचनारी र प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरी टोलीले उनलाई औरही गाउँपालिका – १, दरैया टोलबाट पक्राउ गरेको हो।
पक्राउ परेका उनीमाथि जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।