राष्ट्रिय क्रिकेट खेलाडी आदिलमाथि लगाइएको प्रतिबन्ध फुकुवा

२०८२ बैशाख २२, सोमबार १७:३३

सर्लाही – स्पट फिक्सिङ गरेको आरोप लागेपछि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएका राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथिको प्रतिबन्ध फुकुवा भएको छ । उनिमाथि लगाइएको प्रतिबन्ध फुकुवा भएको आज एक प्रेस बिज्ञप्ति जारि गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

क्यानले २०७९ साल पुस ९ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना गरेको नेपाल टी-२० क्रिकेट लिगका क्रममा उनीमाथि स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । त्यसपछि उनीमाथि एन्टी करप्सन कोडअन्तर्गत कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको थियो ।

क्यानले जारि गरेको बिज्ञप्तिमा भनिएको छ – ‘क्यानको इन्टिग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरी निजको प्रतिबन्ध फुकुवा गर्ने निर्णयसहितको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा सहभागिता जनाउन पाउने गरी २०८२ साल वैशाख २१ गतेदेखि मोहम्मद आदिल आलमको प्रतिबन्ध फुकुवा गरिएको छ।

उनिमाथि लगाइएको प्रतिबन्ध फुकुवा भएसंगै अब उनले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छन्।

May be an image of blueprint and text

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार