गोडैता बजारमा दुई दिन देखि विद्युत सेवा ठप्प

२०८२ बैशाख २३, मंगलवार ११:४३

गोडैता – सर्लाहिको गोडैता नगरपालिकास्थित गोडैता बजारमा बिगत दुई दिन देखि विद्युत सेवा ठप्प छ । स्थानीयका अनुसार आईतवार साझ ५÷६ बजेदेखी अवरुद्ध भएको विद्युत आज (मंगलबार) दिउँसो १२ बजेसम्म संचालन हुन सकेको छैन ।

विद्युत प्राधिकरणका एक कर्मचारीका अनुसार बजारमा रहेको ट्रान्सर्फमरमा समस्या आएको र त्यो ट्रान्सर्फमर चेन्ज गर्नु पर्ने भएकाले विद्युत सेवा बन्द भएको हो । उनका अनुसार बजारमा केही घरमा कम भोल्टेजमा विद्युत भएपनी धेरै जसो घरहरुमा दुई दिन देखि नै विद्युत सेवा ठप्प छ ।

उनले बताए अनुसार आज पनि विद्युत सेवा संचालन हुने या नहुने अन्योलमा छ, नयाँ ट्रान्सर्फमर राख्नुपर्ने भएकाले हामिले नेपाल विद्युत प्राधिकरण मलङ्गवालाई हिजो नै नयाँ ट्रान्सर्फमर पठाउन भनेका छौ तर अहिले सम्म आउन सकेको छैन के कारणले हो बुझ्न सकिएको छैन । उनले भने।

नेपाल विद्युत प्राधिकरण मलङ्गवाका प्रमुख उमेश यादव छन । यादव कार्यालय प्रमुख रहेदेखी लगभग विद्युत अनियमित हुन थालेको स्थानीयहरु बताउँछन । उनी समक्ष समस्या राखे उल्टै गाली गलोज गर्ने र फोन काट्ने त्यसपछी `नम्बर ब्ल्याक लिस्ट´मा राख्ने गरेको स्थानियहरुको आरोप छ ।

बजारमा दुई वटा रेडियो स्टेशन छन भने विद्युत सेवा ठप्प भएदेखी बन्द अवस्थामा छन भने बजारमा रहेका अन्य पसलहरुमा समेत विद्युत ठप्प भएपछी समस्या परेको छ । बजार दुई दिन देखि अन्धकार हुँदा पनि न स्थानिय तहको चासो छ न त प्राधिकरणको नै ।

प्रायजसो अनियमित भइराख्ने यो क्षेत्रको विद्युत सेवा दुई÷तिन बर्षदेखि नै सुध्रिन सकेको छैन । प्राय समय विद्युत अबरुद्ध भइराख्छ भने भोल्टेज कम र बढी आउने समस्याले सेवाग्राहीका विद्युतीय सामान बिग्रीनेदेखि बन्द हुनेसम्मका समस्याहरु छन । समस्याहरु झेल्दै आईरहेका स्थानियहरु अत्यन्तै आक्रोशित छन ।

एक आक्रोशित स्थानियले भने- विद्युत प्राधिकरणलाई ज्ञापनपत्र, ध्यानाकर्षण, प्रदर्शन सबै गरिसक्यौ अब कर्मचारीलाई कुट्न मात्र बाकी छ, त्यति गर्यो भने हुन्छ कि ? तर त्यस्तो गर्न त कानूनत मिल्दैन कानून अनुसार हामिले सबै गरिसक्यौ तर पनि विद्युत प्राधिकरण मलङ्गवा र यहाँका कर्मचारीको लापरबाहीले समस्याको समाधान हुन सकेको छैन । हामिले कार्यालय प्रमुख यादवसङ्ग बुझ्न खोज्दा उनको फोन सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार