सर्लाहीमा गाँजासहित एक युवक पक्राउ

२०८२ बैशाख २४, बुधबार २०:१९

सर्लाही – सर्लाहीमा १५ केजी गाँजासहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गाउँपालिका–७ निवासी २१ वर्षीय सबिन बल रहेको प्रहरी जनाएको छ। प्रहरीका अनुसार उनलाई सर्लाहीको हरिवन नगरपालिका–४, पटौनास्थित भित्री सडक खण्डबाट १५ किलो २०३ ग्राम गाँजासहित पक्राउ गरिएको हो।

उनि सवार प्रदेश ३–०२–०१० प ८२९३ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनले बोकेको झोलामा उक्त परिमाणको गाँजा भेटिएको थियो। यस सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी सरोज राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार