
सर्लाही – बारामा फ्रिजबाट पानी निकाल्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु भएको छ। जिल्लाको फेटा गाउँपालिका – १, त्रिवेणी बस्ने शिव शरण दासको छोरा ११ वर्षीय कृष दासको फ्रिजबाट पानी निकाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
मंगलबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि एनएमसी अस्पताल वीरगंजमा लगिएको थियो, उनको सोहि अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो।