अदालतका कम्प्युटर अपरेटर दुई लाख घुससहित पक्राउ

२०८२ बैशाख २५, बिहीबार ०८:१७

सर्लाही – नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनिया दुई लाख घुस रकमसहित पक्राउ परेका छन् ।

उनलाई बुधबार घुसरकमसहित नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ बेलासपुर चोकबाट अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले पक्राउ गरेको हो।

उनले लागू औषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीमा रहेका सेवाग्राहीसँग छुटाई दिन सहजीकरण गर्ने भन्दै सो घुस लिएको बताईएको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार