सर्लाहीको बलराबाट नक्कली नोटसहित एक भारतीय पक्राउ

२०८२ बैशाख २५, बिहीबार ०९:५६

सर्लाही – सर्लाहीको बलराबाट नक्कली नोटसहित एक भारतीय पक्राउ परेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्लास्थित मधुकरपुर गाउँपालिका–९ निवासी ३४ वर्षीय विश्वनाथ साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार साँझ भारततर्फबाट नेपालतर्फ आउँदै गरेको BR 30 AE 8363 नम्बरको भारतीय नम्बरप्लेटको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उनको साथमा नेपाली हजार दरका आठ थान नक्कली नोट र नेपाली रुपैया ४ हजार ५ सय ९० र भारतीय रुपैया ६ हजार ३ सय ४५ फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

साहलाई नक्कली र सक्कली नोट तथा मोटरसाइकलसहित नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी सरोज राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार