भारतमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

२०८२ बैशाख २५, बिहीबार १२:०७

काठमाडौँ – भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आज बिहान सहस्त्रधारा हेलिप्याडबाट हर्षिलका लागि उडेको एरोट्रान्स कम्पनीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताईएको छ।

हेलिकप्टरमा पाइलट सहित सात जना सवार थिए, जसमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते छन् । विमानमा सवार चार जना मुम्बईका र दुई जना आन्ध्र प्रदेशका रहेको बताइएको छ ।

उत्तराखण्डमा हाल चारधाम यात्रा चलिरहेको छ। केदारनाथ, बद्रीनाथ र गंगोत्री-यमुनोत्रीको दर्शन गर्न ठूलो संख्यामा तीर्थयात्रीहरू आइपुगेका छन् । केही मानिसहरू पैदल हिँडेर निस्किएका छन् भने धेरैजसो हेलिकप्टर सेवाबाट पुगिरहेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार