ललितपुरबाट हराएको मोटरसाइकल सर्लाहीमा भेटियो

२०८२ बैशाख २५, बिहीबार १४:३४

सर्लाही – ललितपुरबाट हराएको मोटरसाइकल सर्लाहीमा भेटिएको छ।

२०८० असोज २३ गते ललितपुर महानगरपालिका–९ स्थित रेडक्रस भवनबाट हराएको बा.प्र. ०२–०२५ प ५४०४ नम्बरको एनएस २०० सीसी मोटरसाइकल सर्लाहीको हरिवन नगरपालिका – ९, विष्णुपुरमा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नियमित चेकिङ टोलीले २०८१ वैशाख १५ गते उक्त मोटरसाईकल बरामद गरेको थियो। प्रहरी अनुसन्धानपछि प्रमाणित प्रक्रिया पूरा गरी आज (बिहिबार) सवारीसाधन सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार