भारत–पाकिस्तान तनावबारे नेपालको आधिकारिक धारणा सार्वजनिक

२०८२ बैशाख २५, बिहीबार १९:१८

सर्लाही – भारत–पाकिस्तान तनावबारे नेपालले आधिकारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर आफ्नो धारणा सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा भनिएको छ – ‘नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरूपमा निन्दा गर्दै आएको छ। आतंकवादविरुद्धको लडाईँमा नेपाल सबैको साथमा उभिएको छ।

सरकारले गत २२ अप्रिलमा भारतको पहलगाममा एक नेपालीसहित निर्दोष पर्यटकमाथि आतंकवादी आक्रमण भएको र त्यसले सिर्जित भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सरकार गहिरो चिन्तित रहेको जनाएको छ। ‘उक्त दुःखद समयमा पनि नेपाल भारतको साथमा उभिएका थियो। आतंकवादविरुद्ध हाम्रो बलियो साथ छ,’ विज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार