वैवाहिक करणी अभियोगमा फरार रहेका पर्साका एक युवक कतारबाट पक्राउ

२०८२ बैशाख २६, शुक्रबार ११:००
सांकेतिक तस्बिर

सर्लाही – वैवाहिक जबरजस्ती करणी (मारिटल रेप) सम्बन्धी मुद्दामा इन्टरपोल रेड नोटिस जारी भई फरार रहेका अभियुक्त समसुदिन अन्सारीलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय समन्वयमा कतारबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-0३१, बेलवाप्रसौनीका स्थायी बासिन्दा अन्सारीलाई दोहास्थित नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी)को पहलमा कतार प्रहरीले पक्राउ गरेको हो ।

इन्टरपोल महासचिवालयमार्फत सन् २०२५ अप्रिल १ मा अन्सारीविरुद्ध रेड नोटिस जारी गरिएको थियो । अन्तर्राष्ट्रिय स्तरमा फरार अभियुक्तको खोजी तथा पक्राउ प्रक्रिया अन्तर्गत एनसीबी काठमाडौंको अनुरोधमा उक्त नोटिस जारी गरिएको थियो । पक्राउ परेका अन्सारीलाई बिहीबार नेपाल ल्याइएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार