काठमाडौँ – भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण जारी इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नयाँ मिति घोषणा गरेको छैन ।
आइपिएलमा अझै १२ लिग खेल बाँकी छन् । प्रतियोगिताको फाइनल मे २५ मा हुने तय भएको थियो । भारतीय समाचार एजेन्सी पीटीआईले बीसीसीआई स्रोतलाई उद्धृत गर्दै आइपिएल स्थगित भएको जानकारी दिएको छ।

विहिबार राति पाकिस्तानले भारतको जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोनले आक्रमण गरेपाची हिमाचल प्रदेशको धर्मशालामा जारी पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुदाहुदै रोकेर रद्ध गरिएको थियो।
बिहिबार राति पाकिस्तानको गोलाबारीपछि भारत नियन्त्रित कश्मीरमा एक महिलाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
भारतीय अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियालाई दिएको जानकारी अनुसार नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल)नजिकै उरी जिल्लामा भारी गोलाबारीपछि एक महिलाको मृत्यु भएको छ । उनका दुई परिवारका सदस्य घाइते भएका बीबीसीले जनाएको छ ।





