बलरा – सर्लाहीको बलरामा दुई पक्षबिच झडप भएको छ। झडपमा परि दुवै पक्षका १३ जना घाईते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज (शुक्रबार) दिउँसो बलरा नगरपालिका – १०, सुदामामा पुरानो बिबादको बिषयलाई लिएर झडप भएको हो।

अहिले घाईतेहरुको उपचार जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा भईरहेको छ। घटनास्थलमा प्रहरीको टोलि खटाईएको छ भने अवस्था सामान्य रहेको बताईएको छ।
स्थानियहरुका अनुसार स्थानीय मुकेश पासवानको घरमा बैवाहिक कार्यक्रम भईरहेको थियो, भने त्यहाँ डिजे बजी रहेको थियो। सोहि समयमा अर्का स्थानीय सुबोध पासवान सहितको समुहले उक्त डिजे बजाउँन रोकेपछि झडप भएको थियो।
यस सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी एवम् सूचना अधिकारि सरोज राईले जानकारी दिए।





