
जनकपुर – सप्तरीस्थित एक नदि किनारमा वेवारिसे शव फेला परेको छ। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी व्यारेजको पुलदेखि तीन सय मिटर दक्षिण नदि किनारमा वेवारिसे अवस्थामा एक व्यक्तिको शव फेला परेको हो।
प्रहरीका अनुसार नाम र ठेगाना नखुलेको अन्दाजी ४२ वर्षीय तराई मुलको जस्तो देखिने पुरुष पानिमा घोप्टो परी मृत अवस्थामा शुक्रबार फेला परेको हो। शवलाई पानिबाट बाहिर निकालेर पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाईएको छ।