सर्लाही – वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ट्रक चितवनमा दुर्घटना भएको छ। नारायणघाट-मुग्लिन सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको छ ।
प्रहरीका अनुसार आज बिहान ७ बजे वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ट्रक पल्टिएर बाटो अवरुद्ध भएको हो । कोइला लोड गरेको सो ट्रक आफैँ अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको हो।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ । अवरोध खुलाएर बाटो सुचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।





