सर्लाहीबाट काठमाडौं जाँदै गरेको ट्रक मकवानपुरमा दुर्घटना, दुई जना घाईते

२०८२ बैशाख २८, आईतवार १४:०१
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीबाट काठमाडौं जाँदै गरेको ट्रक मकवानपुरमा दुर्घटना भएको छ। आज बिहान मनहरी गाउँपालिका–०८, ज्यामिरे चौधमाईलस्थित पूर्व–पश्चिम लोकमार्गमा विद्युत पोलमा ठोक्किएर सडकमा पल्टिएको हो।

ईंटा लोड गरिएको मधेश प्रदेश ०३–००२ ख ३२५४ नम्बरको ट्रक सडकको बायाँ किनारमा रहेको विद्युत पोलमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रकका चालक र ट्रकका धनि घाईते भएका छन्।

दुर्घटनामा रौतहट चन्द्रपुर नगरपालिका–२ का ३१ वर्षीय ट्रक चालक सन्दीप लामा र सर्लाही वागमती नगरपालिका –८ का ३१ वर्षीय नविनकुमार गरङ्जा घाईते भएका छन। उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार