
टालेगाउँ (जाजरकोट) – जबर्जस्तीकरणी आरोपमा पुर्पक्षका लागि जाजरकोट कारागारमा थुनामा रहेका जिल्लाको भेरी नगरपालिका – १० का २६ वर्षीय दीपक बुढा आइतबार बिहान मृत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त प्रसाद शर्माका अनुसार उनको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा बिहान फेला परेको हो।
उनी जबर्जस्ती करणी आरोपमा २०८१ चैत ५ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएका थिए । अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।