९ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड रेमिट्यान्स

२०८२ बैशाख २८, आईतवार १८:५१

सर्लाही – चालु आर्थिक वर्षको ९ महिना (चैतसम्म) रेमिट्यान्समार्फत ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १० प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले जनाएको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले बढेर ८ अर्ब ७४ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

गएको ९ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६ सय ५२ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख २७ हजार ८ सय ४२ र २ लाख ११ हजार २ सय २६ रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार