पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महोत्तरीकि दीपा पक्राउ

२०८२ बैशाख २८, आईतवार १९:०१

सर्लाही – वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा महोत्तरी बर्दिबास नगरपालिका–५ घर भएकी ३३ वर्षीया दीपा कुमारी पोख्रेल रहेकी छन्।

प्रहरीका अनुसार उनलाई पीडितले दिएको जाहेरी अनुसार उनलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरिएको हो। उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै २ लाख रुपैयाँ लिएकी थिइन् ।

तर, त्यसपछि उनी लामो समयसम्म विदेश नपठाई सम्पर्क विहीन भएकी थिइन् । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार