भारतको छत्तीसगढमा सडक दुर्घटनामा १३ जनाको मृत्यु

२०८२ बैशाख २९, सोमबार ११:२१

जनकपुर – भारतको छत्तीसगढको राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा रहेको बाङ्गोलीमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । यो दुर्घटना आइतबार राति भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुने सबै बच्चा जन्मिएपछि आयोजित छठी महोत्सवबाट फर्किरहेका थिए । बिबिसी हिन्दीका अनुसार यस दुर्घटनामा एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन्, जसलाई रायपुरको सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

रायपुरको विधान सभा प्रहरी चौकी क्षेत्रको चटौड गाउँका करिब ५० जना खरोरा प्रहरी चौकी क्षेत्रको बाना गाउँमा पारिवारिक कार्यक्रममा गएका थिए । राति अबेर फर्कने क्रममा यो दुर्घटना भएको हो । दुर्घटना यति भयानक थियो कि मानिसहरूको शरीर नराम्ररी क्षतविक्षत भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार