
जनकपुर – जनकपुरमा बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी भएका छन्। धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दा बढी बिरामी भएका हुन्।
जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिए पछि खाजामा बुनियाँ, रसबरी लगायतका अनिय मिस्ठान्न खाएको केही समयपछि पेट दुख्ने, बान्ता हुने, कमजोर हुन थालेको बताईएको छ।
प्रहरीका अनुसार ६० जनाभन्दा बढीको प्रादेशिक अस्पतालमा भर्ना भएर उपचार भईरहेको छ भने अन्यको नजिकको अस्पतालमा उपचार भइरहेको छ। यसका साथै, केही भने उपचारपश्चात् निको भएर घर फर्किसकेका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।