केटी साथीको कोठामा गएका एक युवकको मृत्यु

२०८२ बैशाख ३०, मंगलवार १०:५४
सांकेतिक तस्बिर

सर्लाही – ललितपुरको इमाडोलमा केटी साथीको कोठामा गएका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इमाडोलका ३१ वर्षीय जीवेश अधिकारी रहेका छन्। सोमबार राति भाडामा बस्ने एक युवतीको कोठामा गएका उनको मृत्यु भएको हो। घटनाबारे आज बिहानमात्रै थाहा पाएको प्रहरीले जनाएको छ।

प्रारम्भिक सोधपुछबाट युवती काभ्रेको भएको खुलेको छ । उनको उमेर २२ वर्ष हो । राति अचानक बेहोस भएपछि युवतीले नै उनलाई उपचारका लागि किस्ट अस्पताल लागेकी थिईन। चिकित्सकले आज बिहान ७:३० बजे अधिकारीलाई मृत घोषणा गरेका र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार