
बरहथवा – सर्लाहीमा एक जना बृद्व मृत फेला परेका छन्।
जिल्लाको बागमती नगरपालिका-१२ कर्मैयास्थित भरत तालमा सोही नगरपालिका – ७, राजघाट बस्ने ६७ वर्षीय पाले सार्की मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार उनि मृत फेला परेका हुन्।
यस्तै, रौतहटको बौधीमाई नगरपालिका-५ स्थित नासी पुलमुनी परोहा नगरपालिका-६ बसन्त पट्टी बस्ने ७० वर्षीय महादेव महतो सोमबार मृत अवस्थामा फेला परेका छन् । यी घटनाहरुका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।