सर्लाहीमा उखु खेतमा अपरिचित पुरुषको शव फेला

२०८२ बैशाख ३०, मंगलवार १९:४७
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीमा अपरिचित पुरुषको शव फेला परेको छ। जिल्लाको ईश्वरपुर नगरपालिका- ८ मा उखु खेतमा अपरिचित पुरुषको शव फेला परेको हो।

प्रहरीका अनुसार आज (मंगलबार) अन्दाजी ४० वर्षीय जस्ता देखिने हाल नाम, थर र वतन नखुलेका पुरुषको शव फेला परेको छ। घटना सम्बन्धि थप अनुसन्धान भइरहेको छ ।

यस्तै, हिजो (सोमबार) सर्लाहीको बागमती नगरपालिका-१२ कर्मैयास्थित भरत तालमा डुबेर सोही नगरपालिका – ७, राजघाट बस्ने ६७ वर्षीय पाले सार्कीको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार