पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

२०८२ बैशाख ३०, मंगलवार २०:०१
सांकेतिक तस्बिर

जनकपुर – भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको मृत्यु भएको छ।

यो घटना सोमबार राति अमृतसर जिल्लाको पाँच वटा गाउँमा घटेको हो । मेथानोल मिसाइएको रक्सी सेवन गरेपछि स्थानीय बासिन्दाहरू बिरामी परेका थिए । पञ्जाब प्रहरीका अनुसार थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् ।

घटनापछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । भारतमा वर्षेनी सयौं मानिसहरूले घरेलु स्तरमा बनाइने सस्तो रक्सी सेवन गर्दा ज्यान गुमाउने गरेका छन् । गत वर्ष मात्रै पनि भारतको दक्षिणी राज्य तामिलनाडुमा यस्तै घटनामा ५३ जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार