डिआइजी चतुर्वेदीद्वारा जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण, सुधारका लागि निर्देशन

२०८२ बैशाख ३१, बुधबार ०७:२६

सर्लाही – मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमा प्रसाद चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेका छन् । डिआइजी चतुर्वेदीले मातहतका जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्ने क्रममा मंगलबार मध्यान्ह जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेका हुन्।

निरीक्षणको क्रममा डिआइजी चतुर्वेदीले कार्यालय परिसर, सम्पूर्ण शाखा, हिरासत कक्षसहित सम्पूर्ण संरचनाको अवलोकन गरेका थिए। निरीक्षणपश्चात डिआइजी चतुर्वेदीले जिल्ला प्रहरी प्रमुखसहितका प्रहरी अधिकारी र जिल्लाका विभिन्न प्रहरी युनिटका इन्चार्जहरुलाई आवश्यक निर्देशन दिएका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार