पत्रकार फणिदेव महतको निधन

२०८२ बैशाख ३१, बुधबार ०७:५६

रौतहट – लामो समयदेखि ब्रेन ट्युमरपीडित पत्रकार फणिदेव महतको निधन भएको छ । उनको मंगलबार साँझ उपचारका क्रममा निधन भएको हो ।

परिवार श्रोतका अनुसार उनले पछिल्लो समय अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराउँदै आएका थिए। रौतहटको चन्द्रनिगाहपुरका निवासी महत प्रेस चौतारी नेपाल मधेश प्रदेशका निवर्तमान अध्यक्ष पनि हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार