वीरगन्ज – सशस्त्र प्रहरी प्रहरीले भन्सार राजश्व छलेर भारतबाट नेपाल ल्याएको ठूलो परिमाणमा गहुँ र चामलको कनिका बरामद गरेको छ।
पर्साको ग्रामीण भेग बिन्दवाासिनी गाउँपालिका वडा नम्बर ४ अमरपट्टी नाकास्थित खेतमा भण्डारण गरेर राखिएको १०६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद गरेको हो ।

वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका अनुसार १०६ बोरामा रहेको ५३ क्वीन्टल गहुँ र २८ बोरामा रहेको ११ क्वीन्टल ६४ केजी चामलको कनिका बरामद गरिएको छ।
बरामद गहुँ र चामलको कनिकाको बजार मूल्य २ लाख ३१ हजार २० रुपैयाँ मूल्यांकन गरेर आवश्यक कारबाहीका लागि बुधबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।





