कमिसनका लागि अस्पतालबाट बिरामी रेफर गर्ने आरोप लागेका डाक्टर नवल किशोरको सरुवा

२०८२ जेष्ठ १, बिहीबार ०५:५६

सर्लाही – कमिसनका लागि अस्पतालबाट बिरामी रेफर गर्ने आरोप लागेका स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवल किशोर झाको सरुवा भएको छ। उनको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गरेको हो। कार्यालयले उनको सरुवा स्वास्थ्य निर्देशनालय, सपही, धनुषामा गरेको छ।

उनि यस अस्पतालमा रहेदेखे उनीमाथि बिभिन्न आरोपहरु लाग्दै आईइरहेका छन्। सुरुमा प्रादेशिक अस्पताल मलंगवाको प्रमुख (मे.सु.)का रुपमा रहेका उनलाई उनको हर्कतका कारण मन्त्रालयले अस्पतालको प्रमुख (मे.सु.) को जिम्मेवारी खोसेर स्वास्थ्य कार्यालय सर्लाहीको प्रमुख बनाएको थियो।

त्यसपछि पनि डा. झाले स्वास्थ्य कार्यालयमा दोहोरो जिम्मेवारीमा रहेर स्वास्थ्य कार्यालयका योजनाहरु बिचौलायलाई सुम्पेर आफूले त्यसबाट फाईदा लिने गरेको बुझिएको छ। उनले प्राय कामहरु कागजमा मात्रै सिमित गरेर, काम गर्दै नगरेर लाभ लिने गरेका थिए।

डाक्टर झामाथि आरोपै-आरोप

गज्जवको कुरा के छ भने ? यहाँ डा. झाले केहि आसेपासेलाई बि.पी.एच. (सार्वजनिक स्वास्थ्यमा स्नातक) गरेको व्यक्तिलाई इञ्जिनियरको नक्कली शैक्षिक प्रमाण पत्र पेश गर्न लगाएर सोहि स्वास्थ्य कार्यालयमा बर्षौ देखि तलव सुबिधा र कार्यालयको सम्पूर्ण जिम्मेवारी दिएका थिए। सो बिषयमा अहिलेसम्म कुनै छानबिन, अनुसन्धान भएको छैन।

उनि प्रादेशिक अस्पतालको नाजुक अवस्था बनाएको, कमिशनका लागि बिरामीहरूको उचित उपचार नगरी निजी अस्पतालहरूमा रेफर गर्ने, बिरामीलाई निःशुल्क खुवाइने खाना अस्वस्थकर दिने, सेवा प्रवाहमा लापरवाही गर्ने जस्ता आरोपहरु लाग्ने गरेका छन्।

सोहि अस्पतालका एक चिकित्सकका अनुसार ‘सरकारीबाट रेफर गराई बिचौलियामार्फत् रेफर गर्ने, उपचार रकमको केही हिस्सा रेफर गरिदिने व्यक्ति र बिचौलियासम्म पुग्ने गर्दथ्यो’, बिरामी र उनका आफन्तलाई ‘राम्रो उपचार हुन्छ,’ भन्दै झुक्याएर निजीमा पुर्याउने र कमिसन असुल्ने गर्ने गरेको आरोप उनीमाथि लागेको थियो।

काठमाडौँमा बसेर बिचौलिया मार्फत स्वास्थ्य कार्यालय संचालन

उनि प्रादेशिक अस्पतालको प्रमुख (मे.सु.) रहँदा आफू काठमाडौँमा बसेर बिचौलिया मार्फत प्रादेशिक अस्पताल मलंगवा संचालन गर्ने गरेको खुलेको छ। उनि सो समय अधिकांस समय काठमाडौँमै रहने र यता स्वास्थ्य कार्यालयमा बिचौलियालाई राखेर सेवा संचालन गर्ने गर्दथे।

यसका साथै, गत बर्षको फागुन २९ गते बिहिबार साँझ मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रादेशिक अस्पतालमा अनुगमन गरेका थिए। अनुगमनका क्रममा बिरामीलाई निःशुल्क खुवाइने खाना अस्वस्थकर रहेको पाईएको थियो।

यसका साथै, मुख्यमन्त्री सिंहले अस्पतालका प्रमुख झालाई क्यान्टिन परिवर्तन गर्न आदेश र आकस्मिक कक्षका लागि आवश्यक जनशक्ति पूर्ण रूपमा परिचालन गर्न र अन्तरङ्ग कक्षमा सूचीबद्ध एम्बुलेन्स चालकका नाम हटाउनसमेत निर्देशन दिइएका थिए। तर उनले अहिलेसम्म उक्त निर्देशन पालन गरेका छन्। अस्पतालमा कुनै सुधार आएको छैन।

उनको सरुवासंगै सर्लाहीका स्वास्थ्यकर्मी तथा आम नागरिकमा खुशी छाएको छ। अब स्वास्थ्य कार्यालयको नयाँ प्रमुखको रुपमा सोहि कार्यालयमा कार्यरत आठौँ तहका कर्मचारी लालबाबु यादवलाई खटाईएको मन्त्रालयले जनाएको छ। उनिबाट यस स्वास्थ्य कार्यालयको सुधारको अपेक्षा गरिएको छ।

भिडियो:

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार