सर्लाहीको एक होटेलमा युवती मृत फेला

२०८२ जेष्ठ १, बिहीबार १८:०९

सर्लाही – सर्लाहीको एक होटेलमा युवती मृत फेला परेकी छन्। जिल्लाको लालबन्दी नगरपालिका – ६, स्थित गोर्खा होटलमा लालबन्दी नगरपालिकाकै नारायणखोला घर भएकी १८ वर्षीया अनिसा वाइवा मृत फेला परेकी हुन्।

प्रहरीका अनुसार आज (बिहीबार) दिउँसो होटलको चौथो तलामा नाइलनको डोरीले घाँटीमा बेरिएर झुण्डिएको अवस्था उनको शव फेला परेको हो। उनि सोहि होटेलमा कुकको काम गर्दै आएकी थिइन् ।

प्रहरीको टोलि घटनास्थलमा खटिएको र घटनाको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाईएको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार