सिरहाबाट काठमाडौँ जाँदै गरेको ३९ जना यात्रु सवार बस चितवनमा दुर्घटना

२०८२ जेष्ठ २, शुक्रबार ०८:४२
सांकेतिक तस्बिर

सर्लाही – पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। रत्ननगर नगरपालिका–१० स्थित सडक खण्डमा शुक्रबार (आज) बिहान लहानबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो। बसमा ३९ जना यात्रु सवार थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार दुर्घटनामा घाइते भएका १५यात्रुमध्ये चार जनाको उपचार भरतपुरस्थित पुरानो मेडिकल कलेजमा र अन्यको बकुलहर अस्पतालमा भइरहेको छ।

सबै घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ। – नेपाल खबरबाट साभार

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार