
सर्लाही – चितवनमा एक पुरुषले खुर्पा प्रहार गरि छोरी र भतिजको हत्या गरेका छन्। जिल्लाको भरतपुर महानगरफालिका वडा नम्बर २५ शुक्रनगरमा ४२ वर्षीय लिला गिरीले दाजु दया गिरीको छोरा अन्दाजी ६/७ वर्षको सजन गिरी र आफ्नी छोरी प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।
प्रहरीका अनुसार खुर्पा प्रहारबाट ति दुवै बालबालिका गम्भीर घाईते भएका थिए। घाईते उनीहरुलाई तत्काल उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको थियो। सोहि अस्पतालमा उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो।
उनले छोराछोरीलाई खुर्पा प्रहार गरेपछि आत्महत्या प्रयास गरेका छन् । उनले धारिलो हतियारले आफ्नै घाँटी रेटेका हुन् । उनको अहिले उपचार हुँदैछ । अहिले उनको चितवन मेडिकल कलेजमा उपचार भईरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।