सर्लाहीमा बेवारिसे अवस्थामा महिलाको शव फेला

२०८२ जेष्ठ २, शुक्रबार १४:५७

लालबन्दी – सर्लाहीमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ। जिल्लाको लालबन्दी नगरपलिका–१५, देउरालीमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार देउरालीस्थित चुरेपाखामा पर्ने तीनतले सामुदायिक वनभित्र अन्दाजी ६० वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो । शव सडेको अवस्थामा भेटिएको छ।

स्थानीयले बाख्रा चराउन जंगल जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव पोष्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पतालमा लगिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार