सर्लाही – आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ‘नेपालको बजेट नेताहरूको निजी सम्पत्ति हो की नेपाली जनताको साझा सम्पत्ति हो ?’ भन्दै प्रश्न उठाएका छन् । सरकारले बजेट वितरण गर्दा तराई मधेसलाई विभेद गरेको उनले आरोप लगाए ।
प्रतिनिधिसभाको आज (शुक्रबार) बसेको बैठकमा आगामी आर्थिक बर्ष २०८२÷८३का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक)को छलफलमा आजपा अध्यक्ष साहले बजेटको वितरण समान रूपमा सबै प्रदेश, क्षेत्र एवं पालिकामा नभएको बताए ।

हरेक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने एवं मानव विकाश सूचकांकमा पछाडि परेको तराई मधेसमा सरकारले बजेट वितरण गर्दा विभेदपूर्ण तरिकाले गरेको उनले बताए । उनले १६५ वटा संसदीय क्षेत्र, प्रदेश, पालिका, वडाहरूमा समान बजेटको वितरण सरकारले नगरेको तथ्याङ्क पेस गर्दै यस्तो किन भएको भन्दै प्रश्न उठाए ।





