सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गरायो : मेयर बालेन

२०८२ जेष्ठ २, शुक्रबार २०:२५

सर्लाही – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको टिप्पणी गरेका छन् । उनले देश नै डुवेपनि जनताले नबुझेपछि बत्ती काटेर सरकारले पावर महसुस गराएको बताए । उनले सरकालाई हेप्ने भन्दै कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘देशनै डुबाउँदा पनि जनताले नबुझे पछि, सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ ! हेप्ने सरकारलाई ? ’ काठमाडौं सहित देशभर झ्याप्प झ्याप्प बत्ती जान थालेपछि मेयर बालेनले यस्तो टिप्पणी गरेका हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार