सर्लाहिका एक जनाको काभ्रेमा करेन्ट लागेर मृत्यु

२०८२ जेष्ठ ३, शनिबार १४:४५

सर्लाही – सर्लाहीका एक जनाको काभ्रेमा करेन्ट लागेर मृत्यु भएको। काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर–७ स्थित सञ्जीवनी चोकमा विद्युत् पोलमा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथान बस्ने वर्ष २८ का उपेस परियारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार बिहान साढे ११ बजेको समयमा काभ्रेको धुलिखेल–७ स्थित सञ्जीवनी चोकमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा बिजुलीको पोलमा चढी काम गरिरहेको अवस्थामा परियारलाई अचानक करेन्ट लागेको हो ।

तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचनाविना नै विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको जनाइएको छ । शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार