सर्लाही – रौतहटमा गाडीबाट लडेर एक युवकको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिकास्थित दुर्घटनामा परेर एक जना अन्दाजी ३५ बर्षीय युवकको मृत्यु भएको हो।
गएराति १० बजेको समयमा चन्द्रपुर–४ पुर्व पश्चिम राजमार्ग सडक खण्डमा उक्त युवक दुर्घटना भई उक्त स्थानमा घाईते अवस्थामा स्थानीयले भेटेर उपचारको लागी स्थानिय अस्पतालमा लगिएकामा डाक्टरले मृत् घोषणा गरेका हुन्। मृतकको पहिचान र दुर्घटना भएको गाडीको हालसम्म खुल्न सकेको छैन।

राजमार्गमा गुडिरहेको कुनै गाडीबाट लडेर उक्त दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ। मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा राखिएको तथा घटना सम्बन्धी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





