सप्तरीमा चट्याङ लागेर ७ बर्षिया बालिकाको मृत्यु, अर्का बालक घाईते

२०८२ जेष्ठ ३, शनिबार १७:५९
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत उत्तरप्रदेश जिल्ला सामली केरना-८ घर भई हाल सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१४ बस्ने सात वर्षीया जेनव खातुन रहेकी छिन्।

प्रहरीका अनुसार शनिबार बिहान साढे ५ बजे चट्याङ लागेर गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। चट्याङ लागेर अर्का सात वर्षीय बालक जुविर खान घाइते रहेका छन्।

घाइते बालको अवस्था सामान्य रहेको बताईएको छ। मृतक र घाइतेका बुवाआमा सप्तकोशी नदीको बगरमा अस्थायी टहरा हालेर बसिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार