जनकपुरधाम – आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको विकास बजेट खर्चको अवस्था निराशजनक देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को २९ वैशाखसम्म प्रदेश सरकारको कुल बजेटको १४.८० प्रतिशत मात्रै खर्च भएको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेट ४१ अर्ब ९३ हजार ३८ लाख २० हजार रहेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार २९ वैशाखसम्म चालुतर्फ २९.७४ प्रतिशत र पुँजीगततर्फ ८ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

अपेक्षाअनुसार बजेट खर्च नभएको स्वीकार गर्दै मधेशका अर्थमन्त्री सुनिल कुमार यादवले भने केही कामहरू सुरु भए पनि रकम निकासा नहुदाँ विकास खर्च कम देखिएको हो। उनका अनुसार कर्मचारीको अभाव अनि बजेट कार्यान्वयनको लागि आवश्यक कार्यविधि पनि बनाउन ढिलाइ भएकोले पनि बजेट खर्च कम देखिएको हो।





