कुकुरलाई जोगाउने क्रममा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना: आमाको मृत्यु, छोरा पक्राउ

२०८२ जेष्ठ ४, आईतवार २१:०२
सांकेतिक तस्बिर

सर्लाही – मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणीचोकमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ। उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल कुकुरलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो ।

मोरङ प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको छ। उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो। गम्भीर घाईते उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो तर उपचारका क्रममा साँझ ७ः१० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक मृतकका छोरा २३ वर्षीय रमेश मेहतालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार